arrow

बेमौसमको वर्षा, कहाँ कति पानी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । विगतका वर्षहरुमा भन्दा यसपालि फरक शैलीमा वर्षा भइरहेको छ । पुसमा विभिन्न दिनमा वर्षा भएको छ । गएरातिसमेत देशका विभिन्न स्थानमा वर्षा भएको छ । 

काठमाडौं उपत्यकामा ३ मिलिमिटर वर्षा भयो । मौसम पूर्वानुमान महाशाखाका अनुुसार सबैभन्दा बढी भैरहवामा १५.२ मिलिमिटर वर्षा भयो । त्यस्तै घोराहीमा १०.५, जनकपुरमा २.२, सिमरामा १.६, विराटनगरमा १.२, ताप्लेजुङमा १, पोखरामा ०.६ तथा धनकुटामा ०.२ मिलिमिटर वर्षा भयो । 

नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । 

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार प्रदेश १ र बागमतीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ