arrow

एमालेका नेता कार्यकर्तालाई सम्पत्ति विवरण बुझाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
uml-standing-committee-meet-balkot.jpg

काठमाडौं । नेकपा एमालेका सबै नेता तथा कार्यकर्तालाई सम्पत्ति विवरण अनिवार्य बुझाउन निर्देशन दिइएको छ । केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको हो ।

आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तर पार्टी निर्देशन–१ मा पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो ।

आयोगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गरको सो मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ