arrow

युवा संघ पर्वतमा सुनिल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
Sunil Baniya.jpg

पर्वत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा सुनिल बाँनिया चयन भएका छन् । युवा संघको केन्द्रीय कमिटी बैठकले बाँनियालाई संयोजकमा चयन गरेको हो ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका बाँनिया जिल्ला आयोजक समितिको संयोजकमा चयन भएका हुन् ।

यसैगरी युवा संघको केन्द्रीय सदस्यमा थमनारायण पौडेल, अर्जुन पौडेल निर्जन र पूजा पौडेल चयन भएका छन् । 

युवासंघको गण्डकी प्रदेश उपसचिवमा पर्वतबाटै विकास गिरी चयन भएका छन् ।

यसैगरी केन्द्रीय लेखा आयोगको अध्यक्षमा पर्वतकै प्रकाश लामिछाने चयन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ