arrow

नेपाल–भारत सीमा विवाद

सीमा विवादबारे बोल्यो भारत, दूतावासले जारी गर्‍यो यस्तो विज्ञप्ति

बाँकी रहेका सीमा समस्याहरु आपसी समझदारीमा समाधान गर्न भारत तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
nepal-india-flag.jpg

काठमाडौंं । नेपाल भारतबीच सीमा विवादको विषयलाई लिएर पछिल्लो समय उत्पन्न भएको विषयलाई भारतले सम्बोधन गरेको छ । शनिबार काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै बाँकी रहेका सीमा समस्याहरु आपसी समझदारीमा समाधान गर्न भारत तयार रहेको बताएको हो ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको बिषयमा बोलेका थिए । त्यसपछि नेपालमा भारतको यो कदमविरुद्ध विरोध शुरु भएको थियो । यस विषयमा सञ्चारमाध्यमको जिज्ञासाको जवाफमा दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गरेका हुन् ।

भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत–नेपाल सीमानामा भारत सरकारको स्थिति सर्वविदित, सुसंगत र स्पष्ट छ । यो कुरा नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।

सीमा विवाद संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्रहरु नै उत्तम रहेको दूतावासको भनाइ छ । ‘सञ्चार र संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरू सबैभन्दा उपयुक्त छन् भन्ने हाम्रो धारणा छ। पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् तीनलाई आपसी समझदारीमा समाधान गर्न आफ्नो पुरानो र हितैषी सम्बन्ध भएको नेपालका लागि भारत सधै तयार छ’, विज्ञप्तिमा भनिएको छ । 

सबै जसो दलहरुले मोदीको भनाइपछि प्रतिक्रिया दिएसँगै भारतीय दूतावासले विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ