arrow

७२ वर्षिया महिलामाथि चक्कु प्रहार

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ २ आइतबार
Murder-makawanpur-1 (1).jpg
सांकेतिक तस्बिर

नवलपुर ।  नवलपुरको गैडाँकोटमा ७२ वर्षीया वृद्धामाथि गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुु प्रहार भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ स्थित नेरश मावि नजिकै स्थानीय ७२ वर्षीया रिमाकला भट्टराईमाथि चक्कु प्रहार भएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिएका छन ।

प्रवक्ता गिरीका अनुसार  गएराति १० वजे आफ्नै घरमा सुतिरहेको बेला उनिमाथि चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाईते भट्टराईको चितवन मेडिकल कलेजमा उपचार भैरहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको गिरीले बताए ।

लुटपाट गर्नका लागि उनीमाथि चक्कु प्रहार भएको हो अन्य कुनै कारणले हो एकिन नभएको गिरीले बताए । बोल्न सक्ने अवस्थामा रहेकाले उनको बयान लिएपछि मात्रै थप जानकारी दिन सक्ने गिरीले बताए ।

कोठामा सुतिरहेको बेला घाटी दवाएर चक्कु प्रहार गर्दा चिउडो अनुहार र आँखामा चोट लागेको प्रहरीले जनाएको छ। चितवन मेडिकल कलेजमा उपचार भैरहेको र आक्रमणकारीको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ