सर्वोच्चमा रिट नै दर्ता नगर्ने षड्यन्त्र भएको एनएलएको आरोप
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
853
Shares
तस्बिर– फाइल
काठमाडौं । नेपाल इन्डिपेन्डेन्ट लयर्स एसोसिएसन (एनएलए) ले नेपाल बार एसोसियनसन र प्रधानन्यायाधीश समेतको मिलेमतोमा सर्वोच्चका रजिष्ट्रारबाट कानूनी व्यवस्था परिपालना गराउनका लािग दायर गरिएको रिट दर्ता नगर्ने षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।
एनएलएले प्रेस विज्ञप्ति जारी गर्दै गत पुस २५ गते नै सर्वोच्च अदालतमा हालै भइरहेका गतिविधि रोकेर नियमित इजलासको माग गर्दै उत्प्रेषण, परमादेश लगायत जो जे चाहिने आदेश जारी गरी पाउँ भनी रिट दर्ता गर्न जाँदा रिट शाखाका प्रमुख रजिष्ट्रार नारायण पन्थीले एक सातादेखि एनएलएका प्रतिनिधिलाई गैरजिम्मेवारीपना देखाएको भन्दै न्यायको बाटोमा साथ दिन अपील गरेको छ ।