arrow

पीसीआर प्रयोगशालाका दुई कर्मचारी संक्रमित : परीक्षण रोकियो

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ २ आइतबार
Madhyabindu-Jilla-Hospital-Nabalpur.jpg

नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको जिल्लाको एक मात्र पीसीआर प्रयोगशाला दुई दिनदेखि बन्द भएको छ । प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रयोगशालामा पीसीआर परीक्षण बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार पिसिआर परीक्षण बन्द भए पनि एन्टिजेन परीक्षण भने रोकिएको छैन ।

परीक्षण रोकिए पछि प्रदेश सँग थप जनशक्ति माग गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीर बहादुर थापाले  बताए । प्रदेशले जनशक्ति पठाउन साथ परीक्षण पुनः सुरु गरिने उनको भनाई थियो ।  "परीक्षण रोकिए पछि प्रदेश सँग थप जनशक्ति माग गरेका छौँ, जनशक्ति आउन साथ परीक्षण सुरु हुन्छ", थापाले  भने ।

यस विषयमा कुराकानी गर्दा गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोद विन्दु शर्माले ३/४ दिन कर्मचारी पठाउने गरि प्रक्रिया सुरु गरेको बताए । "केही कर्मचारीहरू नियुक्तिको अन्तिम तयारीमा हुनुहुन्छ, प्रक्रिया सकेर ३/४ दिन भित्र पठाउँछौ", उनले भने ।

यस बाहेक मध्यविन्दु जिल्ला अस्पतालको प्रयोगशालामा कार्यरत २ जना  बाहेक एक जना  चिकित्सक, ३ जना नर्स, एक जना हेल्थ असिस्टेन्ट पनि कोरोना संक्रमित भए पछि उच्च सतर्कता अपनाइएको अस्पतालका सूचना अधिकारी सुवेदीले बताए ।

अस्पतालले सामान्य अवस्थाका बिरामीहरूलाई सूचना निकालेर सकभर अस्पताल न आउन आग्रह समेत गरेको सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ