arrow

हिंस्रक बाघ नियन्त्रणमा लिन चुनौती : पाइला भेटियो, बाघ भेटिएन

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ ३ सोमबार
tiger2019-05-29.jpeg
सांकेतिक तस्बिर

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको क्षेत्रमा विगत २ महिनादेखि हिंसात्मक गतिविधि गरिरहेको बाघ आइतबार रातिसम्म नियन्त्रणमा आउन सकेको छैन ।

गत पुस २८ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती र ९ जनाको प्राविधिक टोलीले विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको वन क्षेत्रमा बाघको खोजीलाई तीव्रता दिए पनि बाघ फेला नपरेको हो ।

बाघको खोजीमा निस्किएको हात्तीसहितको ९ जनाको समूहले गत शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा रहेको होङ्गसी सिमेन्ट भन्दा उत्तर तर्फको वनमा जोडी बाघको पाइला फेला पारेको थियो । आइतबार सोही टोलीले मध्यविन्दु नगरपालिकाको वडा नं ४ रहेको वनमा एउटा मात्रै बाघको पाइला फेला पारेको तर दुवै बाघ मान्छेलाई आक्रमण गरेको बाघ नभएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका रेन्जर योगेश ढकालले बताए । बाघको पाइला भेटिएको दुवै ठाउँ घटनास्थलबाट २० किलोमिटर पर रहेको ढकालले बताए ।

यसअघि दुई स्थानमा देखिएका बाघका पाइला फरक फरक रहेका र दुवै मान्छेलाई आक्रमण गरेको ठाउँबाट करिब २० किलोमिटर पर रहेकाले पनि टोलीले आइतबारदेखि बाघले आक्रमण गरेको क्षेत्र आसपास खोजीलाई तिब्रता दिएको ढकालले बताए । ‘हाम्रो अध्ययनले मान्छेलाई आक्रमण गर्ने बाघ आक्रमण गरेको स्थान आसपास घुमेको छ, त्यो बाघ कहिले जंगलको चुरे क्षेत्रको चाक्ला वनका डाँडाँहरुमा लुक्ने, कहिले अरुणखोला र सिसेनीको वनको आसपास मुमेन्ट गरेको पाएका छौ’, ढकालले भने ।

बाघको पत्ता लाग्न साथ प्राविधिकको सहयोग बाघलाई बेहोस् गराएर वाइल्ड एम्बुलेन्समा राखेर बाघलाई व्यवस्थापन गर्ने तयारीमा निकुञ्जको टोली लागेको छ । बिगत डेढ महिनादेखि विनयी त्रिवेणीको दुम्किबास, मध्यविन्दुको आरुणखोला आसपास बाघको आक्रमणमा परेर २ जनाले ज्यान गुमाएका छ्न् भने १ जना घाइते भएका छ्न् । 

बाघको आतंक बढेसँगै स्थानीयहरु वनमा चौपाया चराउन, सालको पात टिप्न जान छोडेका छ्न् भने पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्नेहरुमा पनि त्रासको अवस्था देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ