arrow

चिसोमा अर्को न्यून चापीय प्रणाली, सोमबारसम्म वर्षा र हिमपात 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने आँकलन गरिएको छ । 

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको  सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण सोमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भूभागका केही स्थानमा  मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ । 

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने छ । 

‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध  छ’, महाशाखाले भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ