arrow

६ दिनमा ५० हजारले लगाए तेस्रो डोज खोप, चाेरेर लाउनेकाे तथ्यांक गायब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
Covid-vaccine-corona.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला ६ दिनमा ५० हजार २ सय ७ जना कोरोना भाइरसविरुद्धको पूर्ण खोप पछिको थप मात्रा लगाएका छन् । मन्त्रालयले माघ २ गतेदेखि अग्रपङ्तिमा रहेकाहरुले तेस्रो डोज अथवा थप मात्रा खोप लगाउन पाउने व्यवस्था गरेको थियो ।

मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको स्थिति रिपोर्टमा माघ ४ गतेदेखि थप मात्रा लगाउनेको तथ्यांक समावेश गरेको थियो । उक्त तथ्यांक अनुसार माघ ४ गते थप खोप लगाउनेको संख्या ७ हजार ३ सय २४ रहेको थियो ।

२ गतेदेखि माघ ७ गते (हिजो)सम्म ६ दिनको अवधिमा उक्त संख्या ५० हजार २ सय ७ पुगेको हो । कतिपय व्यक्तिहरुले माघ २ गतेभन्दा अघि नै र कतिपय अग्रपङ्तिमै नपर्नेहरुले समेत खोप लगाएको गुनासोहरु आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले यस्ता गतिविधिमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

त्यसरी खोप लगाउनेको संख्या मन्त्रालयको तथ्यांकमा नटिपिन सक्ने उनको भनाइ थियो । यसो हुँदा खेर गएका खोप र यसरी अवैध तरिकाले लागेको खोपको संख्या तलमाथि हुने र मन्त्रालयसँगै यकिनन् तथ्यांक नरहने देखिन्छ ।

मन्त्रालयको ७ गतेसम्मको तथ्यांक अनुसार नेपालमा ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप भित्रिएको छ । यसमध्ये २ करोड ८९ लाख ९७ हजार १ सय ६६ डोज खोप लागि सकेको छ ।

जसमा १ करोड ६२ लाख ३ सय ७९ डोज खोप पहिलो मात्राका रुपमा, १ करोड २७ लाख ४६ हजार ५ सय ८० दोस्रो मात्राको रुपमा र ५० हजार २ सय ७ थप अथवा तेस्रो मात्राका रुपमा लागेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ