arrow

दोलखा एमालेका निर्वाचित वडा सदस्य सहितको टोली कांग्रेसमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
dohakha-sailung-uml-congrress.jpg

दोलखा । शैलुङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका तर्फबाट निर्वाचित वडा सदस्य दिलबहादुर श्रेष्ठ लगायतको टिम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ । शैलुङ ३ को कार्यबाहक अध्यक्षकोसमेत जिम्मेवारी लिएका श्रेष्ठ एमाले छाडेर कांग्रेस प्रवेश गरेका हुन् । 

श्रेष्ठको प्रवेशले शैलुङ गाउँपालिकामै एमाले किल्ला भत्किएको कांग्रेस शैलुङ ३ का सभापति सुनिलबावु श्रेष्ठले बताए । शनिबार नेपाली कांग्रेस शैलुङ गाउँ कार्यसमितिको नियमित बैठकको अवसरमा आयोजित एक कार्यक्रमा आफू पुरानै घरमा फर्किएको बताउँदै श्रेष्ठले भने, ‘अब शैलुङ ३ मा नेपाली कांग्रेसलाई जिताउने सुनिश्चित गर्नेछौं।’ 

उनले रुख चिन्ह जिताउने अभियानको आफूले कमान्डरको भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ