arrow
ADVERTISEMENT

माैसम सुधार हुन समय लाग्ने, यसो भन्छन् माैसमविद्

पर्सीबाट मात्रै मौसममा सुधार हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । देशभरको मौसममा पर्सी (मंगलबार)बाट मात्रै केही क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको प्रभाव रहेको र यो प्रभाव अझैं केही दिन जारी रहेन महाशाखाले जनाएको छ ।

पश्चिमी न्युन चापिय प्रणालीको सबै भन्दा बढी प्रभाव अहिले लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा रहेको मौमसमविद् मञ्जु दासीले  बताइन् । 'कति ठाउँमा पानी परिरहेको छ, हिमाली क्षेत्रमा हिमतपातको समेत सम्भावना रहेको छ,' मौसमविद् दासीले भनिन् ।

देशभरको मौसममा पर्सीबाट मात्रै क्रमिक सुधार हुने उनको भनाइ छ । 'पर्सी पनि खुलेरै घाम लाग्ने सम्भावना छैन्, तर हिजो आजको जति धुम्म पनि रहने छैन्,' मौसमविद् दासीले भनिन् ।

विगत दुई दिनयता काठमाडौं उपत्यकालगायत देशभरको मौसम प्रतिकुल रहेको छ । प्रतिकुल मौसमका कारण कतिपय क्षेत्रमा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात र विभिन्न ठाउँमा चीसो बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान समेत गरेको छ ।

यस्तो छ महाशाखाको आगामी तीन दिनको पूर्वानुमान :

२०७८ माघ ०९ गते  (आईतबार)

दिउँसो :  देशभर सामान्य देखि पूर्ण बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहने छ।  सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना ।

२०७८ माघ १० गते  (सोमबार)

दिउँसो : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागमा  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

२०७८ माघ ११ गते  (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ