arrow

टेकुका स्वास्थ्यकर्मी नै संक्रमित बनेपछि खोप अभियान स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
teku-hospital.jpg

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ । 
    
अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएकाले स्थगित गर्नुपरेको बताए । 

उनका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ