arrow
ADVERTISEMENT

चुनाव सार्ने कार्य भएमा एमालेले सहँदैन : खरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
Agni_Kharel-news.jpeg

झापा । नेकपा एमाले स्थायी समिति सदस्य अग्नि खरेलले संविधानले संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताएका छन् । झापाको एक कार्यक्रममा खरेलले भने,'   “वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।”

स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एक दिन पनि थप्न नसक्ने बताए। चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो । 

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एक दिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ । 'अर्ली इलेक्सन' वा तीन वटै तहको सरकारको चुनाव एकै पटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ