arrow

कोरोना बढे पनि फुटबलमा दर्शकलाई अनुमति, मरिससका चार खेलाडी संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
dasharath-stadium-wide-evergreen-2022.jpg

काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई रंगशाला प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।  

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भीआईपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ । मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्ने छन् । एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । 

नेपाल आएपछि पिसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन । रंगशाला प्रवेशका लागि सबैलाई कोरोना विरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने ५ बजेदेखि सुरु हुनेछ । 



नयाँ