arrow
ADVERTISEMENT

चिसो बढ्यो, हल्का वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
weather-cloud.jpg
तस्बिर– फाइल

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम तापक्रम ५.६ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको जनाएको छ । घाम नलागेका कारण चिसो बढेको छ । 

कहाँ कति वर्षा ? 
पछिल्लो २४ घण्टामा दिपायलमा ३, डडेलधुरमामा १, वीरेन्द्रनगरमा ८.३, जुम्लामा ०.२ तथा भैरहवामा ०.४ मिलिमिटर वर्षा भएको छ । 

सिमरामा २ तथा धनकुटामा ६.७ मिलिमिटर वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ