arrow
ADVERTISEMENT

काठमाडौंमा भारतको गणतन्त्र दिवस, यस्तो छ नेपालमा गरिने कार्यक्रमको योजना  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
IMG_20220126_105912.jpg

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो ।  

क्वात्राले कार्यक्रममा भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ लाख रुपैयाँ तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । 

त्यस्तै मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो । 

आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभर र सन् २०२३ को अगस्त महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिने दूतावासले जनाएको छ । नेपालमा इन्डिया एट ७५ माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले जानकारी दिएको छ । 

नेपालभरका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ । दूतावासका सामाजिक सञ्जालमार्फत उक्त कार्यक्रम लाइभ प्रसारण गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ