- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अफ्रिकी मुलुक मरिसस विरुद्धका दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई खेलका लागि टिम घोषणा गरेका हुन् ।
उनले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरेका हुन् । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
पहिलो खेल १५ गते र दोस्रो खेल १८ गते हुनेछ । खेल साँझ ४ः४५ बजे शुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
३४ सदस्यीय टोलीमा अल्मुताइरीले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नौ नयाँ अनुहारलाई मौका दिएका छन् ।
नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चौधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्ती, शुसिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् ।
नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने छ ।
एन्फाले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ ।
एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ ।
यी हुन् पहिलो खेल र दोस्रो खेलका लागि छानिएका खेलाडीहरु