arrow

विदेशमा रहेकामध्ये ८१ प्रतिशत पुरुष, तराईबाट जाने बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
bidesh-jane.jpg.jpeg

काठमाडौं । नेपालको जनगणना २०७८ अनुसार विदेशमा बसोबास गर्नेको संख्या २१ लाख ६९ हजार ४७८ जना रहेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार विदेशमा बसोबास गर्नेमध्ये झन्डै ८१ प्रतिशत पुरुष रहेका छन् ।

नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोवास गर्नेमा १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला रहेका छन् ।

यसरी विदेशमा बसोबास गर्नेमा ८१.२८ प्रतिशत पुरुष र १८.७२ प्रतिशत महिला रहेका हुन् ।

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोवास गर्नेहरू) सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो ।

जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ ।

भौगोलिक क्षेत्रअनुसार विदेश अनुपस्थित जनसंख्याको विश्लेषण गर्दा तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रहेका देखिन्छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ