arrow

कमला पन्तले जितिन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
kamala-pant.jpg
तस्बिर– फाइल

कास्की । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट महिला कोटाबाट नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् । 

पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ । 

प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेका थिए । पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् । 

स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन् ।

पन्त कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएकी थिइन् । 



नयाँ