arrow
ADVERTISEMENT

चिसो बढ्यो, काठमाडौंमा चार डिग्री, यस्तो छ देशभरको अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
weather-cloud.jpg
तस्बिर– फाइल

काठमाडौं । चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागिरहेको छ।

 दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।  

 राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  

देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ। 

वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यस्तो छ न्यूनतम तापक्रम–
काठमाडौं उपत्यकामा चिसो बढेको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम ४.२ डिग्री रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लामा माइनस ४.५ डिग्री रहेको छ । त्यस्तै डडेलधुरामा ०.२, दिपायलमा ६.८, धनगढीमा ९.५, वीरेन्द्रनगरमा ६.२, नेपालगञ्जमा ८.४ डिग्री रहेको छ । 

त्यस्तै घोराहीमा ७.२, पोखरामा ४.५, भैरहवामा ७.९, सिमरामा ७, ओखलढुङ्गामा ३.२, ताप्लेजुङमा १.६, धनकुटामा ६.४, विराटनगरमा १०, जनकपुरमा ८.४ डिग्री सेल्सियस रहेको छ । 

 अधिकतम–

आज सबैभन्दा बढी जनकपुरमा २२ तथा काठमडौंमा १३.९ डिग्री मात्र हुने अनुमान गरिएको छ । अधिकतममा सबैभन्दा कम डडेलधुरमा ८.४ डिग्री मात्र रहने अनुमान छ । 

वर्षा–
पछिल्लो २४ घण्टामा दिपायलमा ३.१, डडेलधुरामा ०.३ र ताप्लेजुङमा ०.२ मिलिमिटर वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ