arrow

राष्ट्रिय सभाको नतिजापछि रिमाल भन्छन् –गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
bishnu-rimal.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा एमाले एक सिटमा खुम्चिएपछि रिमालको यस्तो प्रतिक्रिया आएको हो । रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’

उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।

ुअब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानाबाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्’ उनले भनेका छन् ।



नयाँ