arrow

खोप अभियानको एक वर्ष पूराः तीन करोड पाँच लाख लगाइयो, २४ लाख हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
teku-corona-line-2022.jpg
टेकु अस्पतालमा खोप लगाउने भीड ।

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान शुरु भएको एक सातापछि नै कोभिशिल्ड खोप ल्याएर अभियान शुरुआत गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान शुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ । 

सरकारले खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । जस कारण खोप अहिले हरेक स्थानीय तहमा लगाउने अभियान जारी छ । एक वर्ष पूरा हुनै लाग्दा बुस्टर डोजसमेत लगाउन थालिएको छ । अग्रपंक्तिमा खटिनेलाई खोप लगाएर शुरुआत गरेको अभियानको एक वर्ष पूरा हुँदा १२ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइएको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई महिनाभित्रमा लगाउने गरी सरकारले फाइजर खोप ल्याउने तयारीलाई तीव्रता दिएको छ । 

नेपालमा बिहीबार अपरान्हसम्ममा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ । 

नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । 

तर, आयात गरिएको खोपमध्ये २४ लाख डोजको कुनै रेकर्ड नरहेको भन्दै अनियमितताको आशंका पनि गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ