arrow

सरकारले बुस्टरमा एस्ट्राजेनेका र कोभिशिल्ड दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
Covid-vaccine-corona.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो मात्रा अथवा बुस्टर डोज खोप मिसावट गरेर लगाउने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार ७७ वटै जिल्लालाई तेस्रो डोज खोप स्वरुप एस्ट्राजेनेका वा कोभिसिल्ड लगाउन भनेको हो ।

६० वर्षमाथिकालाई बुस्टर डोज प्रदान गर्दा पहिलो वा दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल जे भए पनि तेस्रो मात्रा कोभिसिल्ड या एस्ट्राजेनेका दिन महाशाखाले निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठनको खोप विज्ञहरुको टोली र खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिस अनुसार माघ १४ गते मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बुस्टर डोज मिसावट गरेर लगाउन भनेको महाशाखाले जनाएको छ ।

यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन सो खोप नभएमा एस्ट्राजेनेका र कोभिसिल्ड लगाउन समेत महाशाखाले निर्देशन दिएको छ ।

यस्तै विदेशमा पहिलो मात्रा कोभिसल्ड, एस्ट्राजेनेका, भेरोसेल, फाइजर, मोर्डना लगाएकाहरुलाई दोस्रो मात्रा स्वरुप पनि एस्ट्राजेनेका वा कोभिसिल्ड नै लगाउनसमेत महाशाखाले दिर्नेशन दिएको छ ।

यस्तो छ महाशाखाको विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ