arrow

नरभक्षी बाघलाई पासोमा पार्न जिउँदो पाडो आहारा

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ माघ १६ आइतबार
1643460442481.jpeg
फाईल तस्बिर

नवलपुर । विगत दुई महिनादेखि नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु नगरपालिका आसपास हिंसात्मक गतिविधि गरेको नरभक्षी बाघ नियन्त्रणमा आउन नसेकेपछि नियन्त्रणमा लिन आहारा राखेर पासो थापिएको छ । बाघको खोजीमा निस्किएको टोलीले शनिबारदेखि जिउँदो भैँसीको पाडो राखेर बाघको पर्खाइमा बसेको डिभिजन वन नवलपुरका प्रमुख मोहनराज काफ्लेले बताए ।

‘बिहीबार सिनो राखिएको स्थानमा  भैंसीको जिउँदो पाडो राखेर बाघलाई कुरेका छौं’ डिभिजन प्रमुख काफ्लेले भने । यसअघि विनयी त्रिवेणीको विनयी सामुदायिक वनमा गोरुलाई खाएको स्थानमा मरेको जनावरको सिनो राखिएको थियो । बिहीबार राति आएर सोही स्थानमा सिनो खाएको पुष्टि भएपछि बाघ खोज्ने टोलीले शनिबारदेखि  भैसीको जिउँदो पाडो राखेको हो ।

गत बिहीबार बाघको खोजीमा निस्किएको टोली सिनो राखेको स्थानमा बेलुकी ७ बजेसम्म बस्दा बाघ नआएपछि हिँडेको र त्यसपछि मात्रै बाघ आएर सिनो खाएको पुष्टि भएपछि बाघलाई जालमा पार्न भैंसीको जिउँदो पाडो राखिएको काफ्लेले बताए ।

नरभक्षी बाघ खोज्न सबै प्रयास गरेको र छिट्टै नियन्त्रणमा आउने बाघको खोजीमा निस्किएको टोली प्रमुख घढियाल प्रजनन् तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेल बताउँछ्न् । विगत १८ दिनदेखि डिभिजन वन, स्थानीय तह र निकुञ्जले संयुक्त प्रयासमा नरभक्षी बाघ खोजी गरे पनि फेला पार्न सकेको छैन ।

नरभक्षी बाघ नियन्त्रणमा नआउँदा खोजीमा निस्किएको टोलीलाई पनि चिन्तामा पारेको छ । ‘दुई जना मान्छे मारेको र एक जनालाई घाइते पारेको बाघले थप मानवीय दुर्घटना नगराओस् भनेर हामी लागेका छौं, हामीबाट सकिने सबै प्रयास जारी छ । बाघले थप घटना नगराओस् भनेर लागेकोलाग्यै छौं, ठूलो वन क्षेत्र छ गार्हो त हुन्छ् नि’, टोली प्रमुख पौडेलले भने ।

यो क्षेत्रमा बाघ एक भन्दा धेरै भएकोले पनि पाइलाको आधारमा मात्रै नरभक्षी पुष्टि गर्न गार्हो हुने टोलीको भनाइ छ । ‘बाघ एक भन्दा धेरै भएको आधार छ नरभक्षी हो या होइन पुष्टि हुन सकेको छैन’, निकुञ्ज स्रोतले बतायो ।

गत पुस २८ गतेदेखि नरभक्षी बाघको खोजीमा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीसहित १० जनाको टोली नरभक्षी बाघको खोजी निस्किए पनि बाघ फेला नपर्दा स्थानीयमा त्रास भने कायम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ