arrow

मौसम यस्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
weather-28-1-2022.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपरान्ह्पछि बदली हुने क्रम जारी रहेको छ । सोहि कारण केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंका न्यूनतम तापक्रम तीन डिग्रिसेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । 

आज बिहान पनि काठमाडौंसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ