- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको ३ करोड भन्दा बढी डोज खोप लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसमा करोड ६५ लाख २७ हजार ७ सय ४१ डोज एक मात्रा, १ करोड ४० लाख १५ हजार ३ सय २४ डोज पूर्ण मात्रा र ३ लाख ३३ हजार ८ सय ३५ थप अथवा बुस्टर डोज लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ५४।४ प्रतिशतले एक मात्रा र ४६.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै लक्षित जनसंख्या ८३ प्रतिशतले एक मात्रा र ७०.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।