arrow

२०२५ पछि विण्डोज १० नचल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
windows10.jpg

काठमाडौं । माइक्रोसफ्टले विण्डोज ११ सार्वजनिक गरेसँगै अब, सन् २०२५ सम्म मात्रै विण्डोज १० लाई सञ्चालनमा राख्ने भएको छ । अहिले प्रयोगकर्ताहरुले सहजै आफ्नो कम्प्युटरलाई विण्डोज ११ मा अपडेट गर्न सक्छन् ।

यद्यपि, विण्डोज ११ मा आएको व्यापक परिवर्तनका कारण सबै डिभाइसहरुले भने विण्डोज ११ सपोर्ट गर्ने अवस्था रहेको छैन । यसबीच माइक्रोसफ्टले विण्डोज १० इन्टरप्राइज र एडुकेशनलाई सन् २०२५ को अक्टोबर १४ सम्म मात्रै सञ्चालन गर्ने बताएको छ ।  

यसको अर्थ सन् २०२५ को अक्टोबर १४ पछि माइक्रोसफ्टले विण्डोज १० इन्टरप्राइज र एडुकेशन अपरेटिङ सिस्टममा कुनै अपडेट दिने छैन्, न कुनै सुरक्षा समस्याहरुको समाधानका लागि नै काम गर्ने छ ।

यद्यपि, प्रयोगकर्ताहरुले पहिले जस्तै नै विण्डोज १० त चलाउन सक्ने छन्, तर सुरक्षा खतरा र अन्य कुनै कुराको जिम्मेवार कम्पनी हुने छैन ।

इन्टरनेटमा कनेक्ट नभएको अवस्था र सुरक्षा व्यवस्था राम्रै भएको डिभाइसमा केही हदसम्म राम्रै तरिकाले विण्डोज १० चल्ने छ । अन्यथा आफ्नो डिभाइसलाई विण्डोज ११ मा अपडेट गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ