arrow

सरकार २४ लाख खोप हराएपछि तनावमा, देशभरका खोप केन्द्रलाई विवरण पठाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
health_ministry_1617956882.JPG

काठमाडौं। कोरोना भाइरसको संक्रमण कोभिड १९ विरुद्ध नेपालमा भित्रिएको खोपमध्ये लाखौं मात्रा खोप गायब भएको देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन समिति नै गठन गरेको छ ।

माघ १६ गते मन्त्रीस्तरीय निर्णय अनुसार कोभिड१९विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन समिति गठन भएको थियो ।

सो समितिको पहिलो बैठकले ७ वटै प्रदेशका स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रलाई कोभि१९विरुद्धको मौज्दाता र खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस २ प्रणालीमा प्रविष्ट गर्न सूचना जारी गरेको छ ।

मन्त्रालयले खोप छानविन समितिको पहिलो बैठकले जिल्ला स्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई माघ २१ गते शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म उक्त प्रणालीमा राख्न सूचना जारी गरेको छ ।

यस्तो छ सूचना:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ