सरकार २४ लाख खोप हराएपछि तनावमा, देशभरका खोप केन्द्रलाई विवरण पठाउन निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
624
Shares
काठमाडौं। कोरोना भाइरसको संक्रमण कोभिड १९ विरुद्ध नेपालमा भित्रिएको खोपमध्ये लाखौं मात्रा खोप गायब भएको देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन समिति नै गठन गरेको छ ।
माघ १६ गते मन्त्रीस्तरीय निर्णय अनुसार कोभिड१९विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन समिति गठन भएको थियो ।
सो समितिको पहिलो बैठकले ७ वटै प्रदेशका स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रलाई कोभि१९विरुद्धको मौज्दाता र खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस २ प्रणालीमा प्रविष्ट गर्न सूचना जारी गरेको छ ।
मन्त्रालयले खोप छानविन समितिको पहिलो बैठकले जिल्ला स्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई माघ २१ गते शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म उक्त प्रणालीमा राख्न सूचना जारी गरेको छ ।