- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज अफ्रिकी मुलुक मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध दोस्रो खेल खेल्न लागेको हो । खेल साँझ ४:४५ बजे शुरु हुनेछ ।
घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ । गत शनिबार भएको पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो । बिमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।
मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।
डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् भने मनिष डाँगी र दर्शन गुरुङ समेटिएका छन् ।
किरण लिम्बूको कप्तानीमा विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, बिमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ टिममा अटाएका छन् ।
मरिसस पनि यो खेल जितेर बदला लिन चाहन्छ । नेपालले पहिलो पटक मरिसससँग खेल्ने अवसर पाएको हो ।