arrow

प्रजिअलाई कोरोना लागेपछि एक साता काम ठप्प 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
District-61-Humlat-hamrakura.jpg.jpeg

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ ।

यस अवधिमा नागरिकतालगायत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि कार्यालयले सेवा बन्द गर्नुपरेको जनाएको छ । प्रशासनमा सेवाग्राहीको भीडभाड बढी हुनुका साथै सङ्क्रमण थप फैलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै हप्ता दिनका लागि सेवा बन्द गरिएको हो । 

सहायक प्रजिअ राईमा कोरोना पुष्टि भएपछि उनी होमआइसोलोशनमा बसेका छन् । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । कोरोनाको तेस्रो लहर हुम्लामा पहिलोपटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ र एक मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो । 

यसअघिका सङ्क्रमित निको भएर सबै घर फिर्ता भइसकेका छन् । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ