arrow

नेपाल र मरिसस बीचको खेल सम्पन्न, नेपाल १–० ले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
272280055_525449995397607_7904184582604873252_n.jpg

 काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा भइरहेको छ । किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टिममा डिफेन्डर नविन गुरुङले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । जसमा डिफेन्डरमा गुरुङसँगै सुजल श्रेष्ठ, दिनेश राजवंशी र देवेन्द्र तामाङ रहेका छन् । 

मिडफिल्डरमा एरिक विष्ट, तेज तामाङ र पुजन उपरकोटी तथा फरवार्डमा अन्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ रहेका छन् । नेपाल ४–३–३ को फर्म्याटमा खेलिरहेको छ । 

नेपालले गत शनिबार भएको पहिलो खेलमा १–० को जित निकालेको थियो । बिमल घर्तीमगरले गोल गरेका थिए । 

नवीनको डेब्युसँगै नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पल्ट खेल्ने अवसर दिएका खेलाडीको संख्या ११ पुगेको छ ।

लाइभ अपडेट

  • दर्शन गुरुङ छैटौं मिनेटमा चुकेका छन् । उनी महत्वाकांक्षी नभएको भए गोल पनि हुन सक्थ्यो । 
  • १० औं मिनेटमा नविन गुरुङको कर्नर प्रहारलाई नेपालले गोलमा परिणत गरेको छ । सुजल श्रेष्ठले गोल गरेका छन् । 
  • १३ औं मिनेटमा मरिससले पेनाल्टी हान्ने अवसर पायो । तर कप्तान किरण चेम्जोङले मरिसस कप्तान सोफीको पेनाल्टी प्रहारलाई रोकेका थिए । 
  • १४ औं मिनेटमा मरिससको दोस्रो कर्नर प्रहारलाई किरण चेम्जोङले बचाउ गर्न सफल भए । 
  • १५ औं मिनेटमा अन्जन विष्टको प्रहार फितलो सावित भयो । 
  • १९ औं मिनेटमा मरिससका फर्नान्डो ज्याक्सनले गोल गर्ने अवसर खेर फाले । 
  • २२ औं मिनेटमा तेज तामाङको लामो प्रहार पोष्टबाट बाहिरियो । 
  • २४ औं मिनेटमा फर्नान्डो ज्याक्सनले पहिलो पहेँलो कार्ड पाएका छन् । उनले दिनेश राजवंशीलाई फल हानेका थिए ।
  • २६ औं मिनेटमा मरिससको प्रहार गोल पोष्टबाट थोरैमात्र माथिबाट बाहिरियो । 
  • २९ औं मिनेटमा मरिससले डीबक्सको ठीक बाहिर फ्रिकिक हान्ने अवसर पायो । तर पाँच जनाको वालले विफल पारिदियो । 
  • ३२ औंं मिनेटमा अन्जन विष्टलाई लडाएपछि पाएको फ्रिकिकलाई एरिक विष्टले डीबक्सको सही स्थानमा पुर्याए तर दर्शन गुरुङले गोल गर्न सकेनन् । प्रयास राम्रो थियो । 
  • ३६ औं मिनेटमा तेज तामाङले निकै राम्रो लामो प्रहार गरेका थिए । उनले गोलकिपर नभएको समयको सदूपयोग गर्न खोजेका थिए । तर बल पोष्टबाट बाहिरियो । 
  • ३८ औं मिनेटमा मरिसस गोल गर्न चुक्यो । 
  • ३९ औं मिनेटमा मरिससका जोनाथनले पहेंलो कार्ड पाएका छन् । 
  • ४४ औं मिनेटमा मरिससको राम्रो प्रहारलाई रोके किरण चेम्जोङले । 
  • तीन मिनेट इन्जुरी समय थपियो । 
  • मध्यान्तरसम्म नेपालले १–० ले अग्रता लिएको छ । 
  • दोस्रो हाफ शुरु
  • आशिष लामाको स्थानमा बिमल घर्तीमगर आएका छन् । र मनिष डाँगी पनि आएका छन् । 
  • ५१ औं मिनेटमा मरिससको लामो प्रहार किरणले बचाएका छन् । 
  • मरिससले निरन्तर प्रहार गरिरहेको छ । ५२ औं मिनेटको प्रहार भने खतरनाक हुन सक्थ्यो नेपालका लागि । 
  • ५९ औं मिनेटमा किरण अताल्लिएका थिए । तर गठोल भने भएन । 
  • ६० औं मिनेटमा मरिससका खेलाडी आक्रामक देखिएर सुमन लामालाई टाउकाले हानेका छन् । 
  • ६१ औं मिेनेटमा सुमन र अवियरसँगै वसित तथा मरिससका कप्तान सोफीलाई एकैपटक पहेंलो कार्ड दिइएको छ । मरिससका इमानुएलले पनि पहेँलो कार्ड पाएका छन् । 
  • ६५ औं मिनेटमा पुजन उपरकोटीले पहेंलो कार्ड खाएका छन् । 
  • ६५ औं मिनेटमा दर्शन गुरुङको स्थानमा गौतम श्रेष्ठ मैदानमा पुगेका छन् । 
  • ६६ औं मिनेटमा मनिष डाँगी गोल गर्न असफल भए । 
  • ६८ औं मिनेटमा सोफीको प्रहारलाई बचाए किरणले पन्च गरेर । 
  • ७० औं मिनेटमा अन्जन विष्टलाई हानेका मरिससका खलाडीलाई पहेँलो कार्ड । खेल केही तनावपूर्ण । नेपाली व्यवस्थापक पनि मैदानमा । 

  • ७१ औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका खेलाडी एद्रिनलाई रातो कार्ड दिइएको छ । 

  • मैत्रिपूर्ण खेलको अन्तिम १९ मिनेट बाँकी रहँदा दुवै टिम १० जनाबाट खेल्नेछन् । 

  • नेपाली फुटबल टिमका गोलकिपर प्रशिक्षक विकास मल्ललाई रातो कार्ड दिइएको छ । उनी मैदानमा छिरेका थिए । 

  • ८० औं मिनेटमा इमानुएलले दोहोरो पहेँलो कार्ड खाएर बाहिरिए । मरिसस ९ खेलाडीमा सीमित भएको छ । 

  • झण्डै पाँच हजार दर्शक रंगशालामा प्रत्यक्ष खेल हेरिरहँदा मैत्रिपूर्ण फुटबल दोस्रो हाफमा भने राम्रो हुन सकेन । 

  • ९० औं मिनेटमा दशरथ रंगशालाको फ्लडलाइटमा समस्या । 

  • म्याच रेफ्री रविन्द्र महर्जनले ८ मिनेट इन्जुरी समय थपेका छन् । 

  • फ्लड लाइटको समस्या आठ मिनेटपछि समाधान भएपछि इन्जुरी समयको खेल शुरु भएको छ । 

  • इन्जुरीको दोस्रो मिनेटमा बिमल घर्तीमगरको प्रयास गोलपिकर निकै अगाडि आएर विफल पारिदिए । 

  • इन्जुरीको तेस्रो मिनेटमा अन्जन विष्ट गोल गर्न चुके । 

  • इन्जुरीको चौथो मिनेटमा अन्जनलाई लडाइएको छ । अन्जनले फ्रिकिक हानेका छन् । बल बाहिरियो । 

  • इन्जुरीको पाँचौं मिनेटमा तेज तामाङको स्थानमा सन्तोष तामाङ मैदानमा छिरेका छन् । 

  • सन्तोषले मैदान प्रवेश गरेलगत्तै पहेंलो कार्ड पाएका छन् । 

  • अन्जनको स्थानमा सुवास गुरुङ मैदानमा प्रवेश ।

  • इन्जुरीको छैटौं मिनेटमा मरिससले लगातार दुई प्रहार गर्यो । 

  • खेल सम्पन्न । नेपाल १–० ले विजयी । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ