arrow

नेपाल र मरिसस बीचको खेलमा नेपाललाई १–० को अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
273020261_2751819814964904_1148462712205336971_n.jpg

काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा भइरहेको छ । मध्यान्तरसम्म नेपालले १–० ले अग्रता लिएको छ । खेलको १० मिनेटमै सुजल श्रेष्ठले गोल गर्र्दै नेपाललाई अग्रता दिलाएका हुन् । 

डेब्यु खेलाडी नवीन गुरुङको कर्नर पासमा पुजल उपरकोटीले मिलाइदिएको बलमा सुजल श्रेष्ठले गोल गरेका हुन् । 

सुजलले ६ वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेका हुन् । 

किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टिमले आक्रामक खेलिरहेको छ । 

खेलको १३ मिनेटमा पाएको पेनाल्टीलाई मरिससले गोलमा परिणत गर्न सकेन । यसअघि भएको पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो । 



नयाँ