- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा मरिससलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रिपूर्ण खेलमा पनि नेपाल मंगलबार १–० ले विजयी भयो । यसअघि शनिबार भएको खेलमा पनि नेपाल १–० ले विजयी भएको थियो ।
मंगलबारको तनावपूर्ण खेलमा नेपालका लागि दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्यो । उनको यो नेपालका लागि तेस्रो गोल हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएको पासमा सुजलले गोल गरेका थिए ।
१३ औं मिनेटमा मरिससका कप्तान सोफीले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा पराजय भोग्न पुग्यो । उनको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर एवं प्लेयर अफ द म्याच किरण चेम्जोङले बचाए ।
मध्यान्तरसम्म शान्तपूर्ण रहेको खेल मध्यान्तरपछि तनावपूर्ण बनेको थियो । जसका कारण नेपाल १० जनामा र मरिसस ९ जनामा समेटिएको थियो ।
खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एद्रिन दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउँदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए ।
नेपाली फुटबल टिमका गोलकिपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड दिइयो । उनी खेल चलिरहँदा मैदानमा छिरेका थिए ।
८० औं मिनेटमा इमानुएलले दोहोरो पहेँलो कार्ड खाएर बाहिरिए । मरिसस ९ खेलाडीमा सीमित भयो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।