arrow

जन्मदिनको शुभकामना छोरा 

logo
डा. लक्ष्मण अधिकारी
प्रकाशित २०७८ माघ १९ बुधबार
dr-lakchuman.PNG

बाटोमा तिम्रो काँढा रहेछ भने 
हिँड्नलाई अप्ठ्यारो भएछ भने
थपक्कै सुतौला हामी काँढै माथि 
निर्धक्क पाइला टेक्दै अघि बढ्नु
चिर्दै अप्ठ्यारा तिमी शिखर चढ्नु। 

बाटोमा तिम्रो मर भूमि पर्दा 
गर्मीमा प्यासले अत्त्याउँदै गर्दा
शाद्वल कुवाको पानी हामी बन्ने छौ 
निर्धक्क पाइला टेक्दै अघि बढ्नु
चिर्दै अ अप्ठ्यारा तिमी शिखर चढ्नु।

कतै पुगेसी थकाइ साह्रै लाग्ला 
बाटो छ उकालो पहाड धेरै अग्ला 
चौतारी बनेर अगाडी नै आउनेछौ 
सुस्ताई त्यहीँ तिमी खाजा खानु 
हिम्मत नहार्नु धेरै पर छ जानु।

भेटिने छन् यात्रामा साथी अनेक 
असल-इमान्दार हुन्छन् सच्चा मानव भनेका 
ईश्वर, माता-पिता र गुरुलाई मनमा सजाई 
राख्नु तिमीले नि सहयोग र सद्भावको भावना 
तिमिलाई प्रथम जन्मदिनको लाखौँ-लाख शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ