arrow

पश्चिमी वायुको प्रभावले मौसममा असर, ठाउँठाउँमा वर्षा र हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
cloud-black-weather-monsoon.jpg
तस्बिर– फाइल

काठमाडौं । हाल देशमा पश्चिमी  वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पनिदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन–चटयाङ सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले सुदूरपश्चिम , कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चटयाङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

चिसो पनि घट्न सकेको छैन । मौसम प्रतिकुल भएकाले घाम नलाग्दा चिसो नघटेको हो । 

शनिबारसम्मै मौसम प्रतिकुल रहने जनाउँदै महाशाखाले आइतबारदेखि सुधार आउने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ