arrow

प्रचण्डलाई रायमाझीको चुनौती - चुनाव गराएर हेर्नुहोस्, को हुन्छ पत्तासाफ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौं । माओवादी केन्द्र छोडेर एमाले नेता बनेका टोपबहादुर रायमाझीले माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव गरेर देखाउन चुनौती दिएका छन् । बिहीबार एक कार्यक्रममा एमालेका सचिव रायमाझीले एमालेलाई पत्ता साफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन भने । 

  उनले भने,‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्ता साफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस्, अनि को हुन्छ पत्ता साफ ? प्रचण्डको कुरा हावादारी कुरा हो । २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भए माओवादीको हालत के हुन्थ्यो ? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नुपर्दथ्यो र ?’

उनले आफूहरूले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे  । उनले भने,‘हामीले पाँच दलीय गठबन्धन तोड्नुपर्छ भनेको छैन । हामीलाई चाहिएको छ–चुनाव । हामी चुनाव चाहन्छौँ ।’ उनले हार्ने मनस्थितिका कारण सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाए ।

रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने,‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुङ्गो लगाओस् । संसद्मा टेबुल भएपछि हामी सोच्छौँ। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए ।

उनले एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने बताए । उनले भने,‘पहिले तावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस् ।’



नयाँ