arrow

नेप्सेका सीईओमा कार्की 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
krishna-bahadur-karki-nepse.jpg

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई सीईओमा नियुक्त गरेको हो । माघ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका थिए । कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छनोटमा परेका थिए । 

पहिलो चरणमा छनोटमा परेका ५ जना मध्येबाट सिफारिस समितिले तीन जनालाई छनोट गरेको थियो । श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ