arrow
ADVERTISEMENT

काठमाडौंमा दिउँसै अँध्यारो, भोलिसम्मै मौसम खराब, आइतबारदेखि छर्लङ्गै घाम लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
ktm-weather.jpg

काठमाडौं । हाल देशमा सक्रिय पश्चिमी न्युन चापीय प्रणालीका कारण देशभरी नै आशिंकदेखि पूर्ण बदलीसँगै कतिपय ठाउँमा वर्षा भइरहेको छ । आज र भोलि (शनिबार) पनि देशभर नै बदली एवं वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताएका छन् ।

आज र भोलि मौसम यस्तै रहने र आइतबारदेखि खुल्दै जाने मौसमविद् प्रधानांगले बताए । 'आइतबार एक दुई ठाउँमा बदली र वर्षा हुनेजस्तो देखिए पनि बाँकी देशभरकै मौसम खुल्ने देखिन्छ', उनले भने ।

रातभर पानी परेको काठमाडौं उपत्यकामा आज पनि वर्षा भइरहेको छ । आकाशमा कालो बादल भएकाले दिउँसै अँध्यारो भएको छ । 

न्यूनतम तापक्रम बिहान ५.५ डिग्री सेल्सियस रहेको थियो । तर घाम लाग्न नसकेपछि भने अहिले पनि चिसोले कठयाङ्ग्रिएको अवस्था छ । 

हाल सक्रिय रहेको मौसम प्रणाली आइतबार सुदुरपश्चिदेखि नै हट्दै जाने भएका कारण घाम पर्ने देखिएको मौसमविद् प्रधानांगले बताएका छन् । शुक्रबार अर्थात् आज देशभर सामान्य देखि पूर्ण बदली रहने जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसबाहेक आज देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिना सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थान र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात समेत हुने र भइरहेको अवस्था छ ।

 आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिना  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमतपातको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान:

२०७८ माघ २१ गते  (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ माघ २२ गते  (शनिबार)

दिउँसो : देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

 २०७८ माघ २३ गते  (आइतबार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना

रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ