arrow

अक्रमको दुर्लभ कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
qasim-akram-pakistan-cricket.jpg

काठमाडौं । पाकिस्तानी युवा क्रिकेटर कसिम अक्रमले दुर्लभ कीर्तिमान बनाएका छन् । वेस्ट इन्डिजमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानी टिमका कप्तान अक्रमले एकै खेलमा शतक र पाँच विकेट लिएको कीर्तिमान बनाएका हुन् । 

यु–१९ एक दिवसीय क्रिकेट इतिहासमा अहिलेसम्म एकै खेलमा यो कीर्तिमान कसैले बनाउन सकेको थिएन । दुर्लभ कीर्तिमान बनाउने क्रममा अक्रमले ८० बलमा नटआउट रहँदै १३५ रन बनाए भने विपक्षीका पाँच विकेट पनि लिए । उनले मात्र ३७ रन खर्चेका थिए । 

विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि भएको खेलमा पाकिस्तानले श्रीलंकालाई २३८ रनले पराजित गर्ने क्रममा अक्रमको यो कीर्तिमान बनेको हो । 

पहिले ब्याटिङ गर्दै पाकिस्तानले ३ विकेट गुमाएर ३६५ रन जोडेको थियो । पाकिस्तानका हसिबुल्लाह खानले १५१ बलमा १३६ तथा मुहम्मद शेहजादले ७३ रन बनाए । 

जवाफमा श्रीलंकाले ३४.२ ओभरमा अलआउट हुँदै १२७ रन बनायो । 

विश्वकप अन्तर्गत आज तेस्रो स्थानका लागि साँझ ६ः४५ बजे अफगानिस्तान र अष्ट्रेलिया खेल्दैछन् ।

फाइनलमा भोलि साँझ भारत र इङ्गल्याण्ड खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ