arrow
ADVERTISEMENT

शनिबार मध्याह्नपछि मौसममा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
weather-2022-evergreen.jpg

काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुनेछ । उनका अनुसार शनिबार दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ । 

‘भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ’, उनले भनिन्, ‘भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ