arrow
ADVERTISEMENT

शुक्रबार दिनभर चिसो, देशभर कहाँ कति पानी पर्यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौंमा ४१ मिलिमिटर वर्षा भएको छ । 

बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । 

काठमाडौं उपत्यकामा दिनभर घाम नदेखिएकाले शुक्रबार निकै जाडो महसुस गरिएको छ । शुक्रबार काठमाडौंको न्यूनतम ४ दशमलब ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

शुक्रबार सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।

हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । 

प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगजर्न–चट्याङ–असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ