- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले पाँचौं पटक आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार राति वेष्ट इन्डिजको एन्टिगामा भएको फाइनलमा इङ्गल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बन्न सफल भएको हो । योसँगै भारत सर्वाधिक च्याम्पियन बन्नसमेत सफल भएको छ ।
इङ्गल्याण्डले दिएको १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतलाई जिताउन निशान्त सिन्धुले अविजित रहँदै ५० तथा शैक राशिदले ५० रन तथा प्लेयर अफ द फाइनल राज बावाले ५४ बलमा ३५ रन बनाए ।
इङ्गल्याण्डका जेम्स सेल्स, थोमस एस्पिनवाल र जोशुअ बोइडनले २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ४४.५ ओभरमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।
जेम्स रिउले ११६ बलमा ९५ तथा जेम्स सेल्सले ६५ बलमा अविजित रहँदै ३४ रन र जर्ज थोमसले २७ रन जोडे बाहेक अन्यले उल्लेखनीय खेलेनन् ।
भारतका अलराउण्डर बावाले ३१ रन खर्चेर ५ तथा रवि कुमारले ३४ रन खर्चेर ४ विकेट लिए ।
भारतको यू–१९ टिमले मोहम्मद कैफको कप्तानीमा २००० मा, विराट कोहलीको कप्तानीमा सन् २००८ मा, उन्मुक्त चन्दको कप्तानीमा सन् २०१२ मा, पृथ्वी शाँको कप्तानीमा सन् २०१८ मा र यश धुलको कप्तानीमा यसपालिको उपाधि जितेको हो ।
भारत यसपालि पूरै खेलमा अविजित रह्यो ।
भारतको सिनियर टिमले सन् २०११ को विश्वकप जितेको थियो । त्यसअघि सन् १९८३ को विश्वकप जितेको थियो ।