arrow

बेलायतले २१ लाख डोज खोप पठाउँदै, ८ लाख नेपाल आइपुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
britain-vaccine-nepal-covax.PNG

काठमाडौं । बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २१ लाख डोज  एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएको छ ।

सो अन्तर्गतको ८ लाख डोज खोप आज (सोमबार) नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिएकी छन् । बाँकी ३ लाख डोज खोप चाँडै आइपुग्ने राजदूत पोलिटले बताएकी छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिँदै लेखेकी छन्, 'यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ