arrow

चीनले नेपालको सीमा अतिक्रमण गरेको सरकारी रिपोर्ट 'लिक'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
humla.jpg

काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारको आधिकारिक प्रतिवेदन ‘लिक’ भएको छ । नेपालले पहिलो पटक यसरी आधिकारीक रुपमा चीनले आफ्नो भूमिमा हस्तक्षेप गरेको दाबी गरेको भनी बीबीसीले लेखेको छ । केही महिनाअघि सरकारी टोलीले हुम्ला जिल्लामा चीनले भूमि अतिक्रमण गरेको विषयमा गरेको आधिकारिक अध्ययन प्रतिवेदन आफूसँग लिक भएको बीबीसीले जनाएको हो ।

यो रिपोर्ट सरकार आफैंले भने सार्वजनिक गरेको छैन । काठमाडौंस्थित चिनियाँ दूतावासले चीनले नेपाली भूमिमा अतिक्रमण गरेको अस्वीकार गर्दै आएको छ ।

यो रिपोर्टका विषयमा नेपाल सरकारलाई गरेको प्रश्नको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बीबीसीले जनाएको छ । यो अध्ययन प्रतिवेदनको निष्कर्षले बेइजिङसँगको बढ्दो सम्बन्धमा दबाब दिने स्थिति सिर्जना गर्न सक्ने देखिएको छ ।

नेपाल र चीनबीच करिब १४०० किलोमिटर लामो सीमाना रहेको छ ।

सन् १९६० को शुरुमा दुई देशबीच भएका सीमा सन्धियता नेपालले पहिलो पटक आधिकारिक रुपमा चीनले भूमिमा अतिक्रमण गरेको सो प्रतिवेदनमार्फत दाबी गरेको हो ।

चीनसँगको धेरै जसो सीमाना निकै दुर्गम पुग्नै कठिन हुने क्षेत्रमा रहेको छ । सीमामा पिल्लरहरु यताउता गरिएका कारणले समेत ठ्याक्कै सीमाना कहाँ अवस्थित छ भनेर थाहा पाउन कठिन हुने गरेको छ ।

गत भदौमा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा रहेको टोलीले हुम्लामा चीनले अतिक्रमण गरेको भनिएको सीमामा गएर अध्ययन गरेको थियो । टोलीमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविद्हरू रहेका थिए ।

त्यसअघि गत वर्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता (हाल कर्णाली प्रदेशका मुख्यमन्त्री) जीवनबहादुर शाहीले हुम्लामा चीनले भूमि अतिक्रमण गरेको स्थलगत अध्ययन गरेको रिपोर्ट सरकारलाई बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ