arrow

शताब्दी पुरुषको स्वास्थ्य सुधारोन्मुख

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
satyamohan-Joshi.jpg
तस्बिर– फाइल

ललितपुर । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातीमा समस्या भएपछि मंगलबार दिउँसो उनलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

छातीमा निमोनिया देखिनाका साथै उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा कम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए । 

उनले भने, “उहाँमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ ।” अहिले उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए ।

जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा उपचार गराइराखिएको छ । जोशी गत बैशाख ३० गतेदेखि १०० वर्षमा हिँडिरहेका छन् । जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ