arrow

कस्तो छ शताब्दी पुरुषलाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
satyamohan-Joshi.jpg
तस्बिर– फाइल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिन अघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । 

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

उनलाई शुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ ।

जोशी गत बैशाख ३० गतेदेखि १०० वर्षमा हिँडिरहेका छन् । जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन् । 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत जोशीको स्वास्थ्यलाभको कामना गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ