arrow

१८ वर्ष माथिका सबैलाई 'मिसाएर बुस्टर डोज लगाउँदै' सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
ministry-of-health-1618304803.jpeg

काठमाडौं । सरकारले १८ वर्षमाथिका र पूर्ण खोप लगाएको ६ महिना पूरा भएका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप लगाउने निर्णय गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले यस्तो निर्णय गरेको हो ।

तर, महाशाखाले उपलब्धताको आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना वा फाइजर जुनसुकै खोप पनि बुस्टर मात्राका रुपमा लगाउन भनेको छ ।

यसको अर्थ दुई डोज कुनै एक खोप लगाएकालाई तेस्रो डोज जुनसुकै खोप पनि दिन भन्दै महाशाखाले देशभरीका जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको हो ।

तर, बुस्टर डोज मिसाएरै लगाउने बिषयमा आधिकारीकरुपमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नै भने भनेको छैन ।

यद्यपि, यसअघि मन्त्रालयले नेपाल स्थित डब्ल्यूएचओका विज्ञहरुको टोली र मन्त्रालय अन्तर्गतको खोप सल्लाहकार समितिको छलफलपछि मिसेर खोप लगाउने निर्णय गरेको जनाएको थियो ।

यस्तै महाशाखाले कोभिड१९बाट संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर वा पहिलो या दोस्रो डोज खोप लगाउन सक्ने समेत जानकारी गराएको छ ।

बुस्टर डोज प्रदान गर्दा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्ष माथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन अनुरोध गरिएको छ ।

यस्तो छ महाशाखाको विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ