arrow

किन लगाइयो प्रधानन्यायाधीशमाथि महाभियोग, प्रचण्डले खुलाए कुरा

गठबन्धनको सहमतिमै जबरामाथि महाभियोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
prachandas.PNG

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूको सहमतिमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग लगाइएको बताएका छन् । जनकपुरधाममा आइतबार मधेस शहीद प्रतिष्ठानले आयोजना गरेको २९ औं महान् जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनको सहमतिमै प्रधानन्यायाधीश जबरामाथि महाभियोग दर्ता गरिएको बताएका हुन्।

प्रचण्डले स्वतन्त्र न्यायालयमा विचित्र अवस्था आएको बताउँदै सहज निकासको आस गर्दा नभएपछि यो कदम चालिएको पनि जानकारी गराए। न्याय क्षेत्रमा लामो समय अन्योल हुने अवस्था देखिएपछि महाअभियोग लगाएको हो', उनले भने, त्यसका लागि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग पनि आम सहमति भएका हुन । यसका कारण गठबन्धन फुट्दैन', उनले भने, 'न्यायको क्षेत्रमा केही समयदेखि अन्योल, अराजकता र बेथिति देखा परेको थियो। त्यसलाई हामीले किनारा लगाउने कोसिस गरेका छौ। 

उनले प्रदेशसभाबाट प्रदेशको नामाकरण ‘मधेस’ राखेर एतिहाँसिक रेकर्ड राख्ने काम भएको छ। आफू मधेस प्रति विश्वस्त रहेको बताउँदै परिवर्तनको रक्षामा मधेसमा तलमाथि नुहुने विश्वास व्यक्त गरे।

आफुले राजनीतिमा आउन अस्त्र शस्त्र सबै विद्या मधेसबाटै सिकेको बताउँदै प्रचण्डले आफूलाई अप्ठ्यारो परे पुनः शक्ति आर्जन गर्न मधेस आउने जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ