पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कटुवाचौपारीका २० वर्षीय प्रकाश सुनार रहेका छन् ।
कुश्मा नगरपालिका वाड नं. ९ बस्ने सुनारले बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित बालिकाका बुबाले किटानी जाहेरी दिएपछि सुनारलाई प्रहरीले पक्राउ प्रहरीले जनाएको छ ।
माघ २२ गते सुनारले १५ वर्षीय बालिकालाई बालयौन दुरुपयोग गरेको आरोप छ ।
पक्राउ परेका सुनार विरुद्ध बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।